दाङका १४७ मा सिकलसेल एनिमिया

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते ११:१३

लमही । दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार ८१ पुरुष र ६६ महिलामा सिकलसेल एनिमिया देखिएको छ ।

जिल्लामा आव २०७३÷०७४ देखि सिकलसेल एनिमियाको तथ्याङ्क राख्न थालिएको हो । सोअनुसार आव २०७३÷०७४ मा ४६ पुरुष र २८ महिला, २०७४÷०७५ मा ३३ पुरुष र ३६ महिला र चालू आर्थिक वर्षको अहिलेसम्म दुई पुरुष र दुई महिलामा सिकलसेल एनिमिया देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रकाशकुमार योगीले बताए ।

ती बिरामीलाई अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिशका आधारमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रु एक लाख बराबरको निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आइएको छ । अस्पतालले सिकलसेल एनिमिया भएको भनी प्रमाणित गरेको कागजसहित जनस्वास्थ्य कार्यालयमा आएमा कार्यालयले रु एक लाखको निःशुल्क उपचारका लागि सिफारिश गर्ने योगीले जानकारी दिए ।

थारू समुदायमा लाग्ने यो रोगबाट धेरै पीडित भएको हुन सक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा रोगी यकिन हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिष्टेण्ट कुन्दन ठाकुरले जानकारी दिए । यस रोगबाट धेरै थारू समुदाय पीडित भए पनि धेरै व्यक्तिले स्वास्थ्य नै परीक्षण नगराएको बताइएको छ ।

विसं २०६८ को जनगणनानुसार दाङमा एक लाख ६३ हजार ३३४ थारू समुदायको बसोबास छ । थारूको जम्मा सङ्ख्यामध्ये दाङमा १५ प्रतिशतमा सिकलसेल एनिमिया भएको हुन सक्ने एक वर्षअघि विशेषज्ञ डा राजन पाण्डेले गरेको अध्ययनले देखाएको थियो । वंशानुगत रुपमा लाग्ने यस रोगलाई न्यूनीकरण गर्नका लागि सबै थारू समुदायको रगत परीक्षण गर्न सरकारले सहयोग गर्नुपर्ने थारू स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष जीवराज चौधरीले बताए।

२०७५ कार्तिक १५ गते ११:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर