रेलिङ तोड्दै भीरमा रुखमा झुण्डियो कार, महिला ड्राइभर ६ दिनपछि जीवितै फेला

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते १२:५६

एजेन्सी। अमेरिकाको एरिजोना प्रान्तमा ५३ वर्षकी एक महिला सडक दुर्घटनाको ६ दिनपछि जीवितै भेटिएकी छिन्।

उनको कार सडकछेउको रेलिङ तोड्दै ५० फिट तल भीरको रुखमा अड्किएको थियो। घटनास्थलमा कुनै प्रत्यक्षदर्शी नभएका कारण दुर्घटनाको तत्काल जानकारी प्राप्त हुन सकेन। घटना १२ अक्टोबरको हो तर प्रहरीले यसबारे बुधबार मात्र जानकारी दिएको छ।

प्रहरीको सेफ्टी डिपार्टमेन्टका अनुसार महिला फिनिक्सको उत्तरदेखि ८० किलोमिटर टाढा बिकेनबर्गमा नेशनल रुट ६० को नजिकैबाट जाँदै थिइन्। त्यही बेला उनको कारले नियन्त्रण गुमायो। १८ अक्टोबरका दिन एरिजोना हाइवेको हेरविचार गर्ने टिमले सडकबाट एउटा गाईलाई हटाउँदै थियो। त्यही क्रममा उनीहरुले सडकछेउमा भाँचिएको रेलिङ देखे। तल हेर्दा रुखमा अड्किएको कार देखियो।

उद्धार टिमले कारमा कुनै मान्छे देखेन । तर तल पुगेपछि उनीहरुले नदीको किनारमा मान्छेको खुट्टाको छाप देखे । त्यहाँबाट लगभग ४५७ मिटर पर उनीहरुले गम्भीर रुपले घाइते र डिहाइड्रेशनबाट पीडित महिलालाई भेटे। महिला जीवितै थिइन् । प्रहरीले महिलाको पहिचान सार्वजनिक गरेको छैन।

महिलाले उद्धार टोलीलाई बताइन् कि उनी केही दिन कारमै रहिन्। त्यसपछि हिम्मत गरेर रुखबाट तल ओर्लिन् र रेलवे लाइनतर्फ जाने प्रयास गरिन् । तर चोटबाट अत्याधिक रगत बगेको र खाना केही नभएका कारण अत्याधिक कमजोरीका कारण उनी अगाडि बढ्न सकिनन्। महिलालाई हेलिकप्टरबाट अस्पताल लगियो। पब्लिक सेफ्टी डिपार्टमेन्टका निर्देशक कर्नल फ्रेंक माइल्स्टीडले उद्धार टिमको प्रशंशा गरेका छन्।

२०७५ कार्तिक १५ गते १२:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर