कतार एयरवेजको विमान पानीकाे ट्याङ्करसँग ठाेक्कियाे

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते १३:२५

कोलकोता। एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याङ्करमा ठक्कर दिएको छ।

कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याङ्करमा ठक्कर दिएको थियो।
विमानस्थलका अधिकारीहरुका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ।

विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षित रुपमा उद्धार गरिएको थियो। अधिकारीहरुले विमानमा भएको क्षतिको अनुसन्धान थालेको बताएका छन्।

२०७५ कार्तिक १५ गते १३:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर