जब बालकका बुवाले बताए फोटोमा देखिएका कालो व्यक्तिको वास्तविकता

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते १४:२१

एजेन्सी। केही समय पहिला अमेरिकामा समाजिक संजालमा एउटा फोटो निकै भाइरल भएको थियो। फोटोमा एक जना कालो वर्णका व्यक्तिले गोरो वर्णको बच्चालाई काखमा लिएर खेलाइ रहेका छन्।

मानिसहरुलाई यो फोटो निकै मन पर्यो र धेरैले यो फोटोलाई लाइक र शेयर गरे। तर जब एक व्यक्तिले यो फोटोको वास्तविकता बताए, तब त्यो कुरा थाहा पाएपछि मानिसहरुलाई अपरिचितसँगको सम्बन्धमा झन भरोसा हुन थाल्यो।

यो फोटोको वास्तविकता कोडी शुगार्ट नामका एक फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेका हुन्। जसको बच्चा यो फोटोमा कालो व्यक्तिको काखमा देखिन्छ। ती व्यक्तिले लेखेका छन्, यो फोटो धेरैलाई मन पर्यो, त्यही कारण यो फोटोको वास्तविकता म बताउन गइरहेको छु।’

कोडीले यो फोटोमा क्लिक गरेका थिए। यो फोटोमा उनका छोरा मिल्टन वेस्ट नाम गरेका एक कालो व्यक्तिको काखमा बसेका छन्। जो बाल्यकालदेखि नै कोडीको छिमेकी हुन्।

कोडीले लेखेका छन्मि, ल्टन वेस्ट बाल्यकालदेखि नै मेरो घर नजिकै बस्छन्। म उनलाई मिस्टर चिपको नामले चिन्छु। उनी डीओडब्ल्यू केमिकलमा अपरेटरको कामबाट रिटायर्ड भएका हुन्। जब म दुई वर्षको थिएँ त्यतिबेला देखि उनी मेरो सबै प्रकारले सहयोग गर्थे।’

कोडीले अगाडि लेखेका छन्, बुवा नभएका कारण मैले जीवनका हरेक पाइलमा समस्या झेल्नुपर्यो। तर भगवानका कृपाले यो बीचका केही राम्रा मानिस सधैं मेरो नजिकै रहे। मिस्टर चिप पनि ती मध्येकै एक हुन्।’

काेडीले लेखेका छन्, मि. चिपले सधैं मलाइ शिक्षाको महत्व बुझाए, मलाइ यार्डको रेखदेख गर्न पनि सिकाए, उनले नै मलाइ त्यो अनुहार देखाए जसलाई उनी लुकाएर राख्थे। उनकै कारण मैले आमालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने थाहा पाएँ।’

कोडीले अगाडि लेखेका छन्, यही वर्षको मे महिनामा मेरी श्रीमतीले एक छोरालाई जन्म दिइन् जसको नाम हामीले बब बेन शुगार्ट राख्यौं। जब मि. चिप र उनकी श्रीमती शिर्लेले मेरो छोरालाई देखे तब उनीहरु मोहित भए। बब बेन उनीहरुलाई निकै मन पर्यो। त्यसपछि उनीहरु बेला बेलामा मेरो छोरो खेलाउन आइरहन्छन्।’

कोडी शुगार्टको यो मन छुने स्टोरी पटेपछि कयौंले कमेन्ट गर्दै लेखेका छन्, एक पटक फेरि प्रमाणित भयो की सच्चा प्रेमलाई कुनै रंग वा भाषाको सीमानाले रोक्दैन।’

२०७५ कार्तिक १५ गते १४:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर