बालबालिकाले धेरै टिभी हेर्नु यस्तो घातक

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते १४:२७

एजेन्सी । यदि तपाईका नानीबाबुहरुले लगातार ३ घण्टा भन्दा बढि समय टिभी हेर्न, कम्प्युटर गेम, ट्याव्लोइड तथा स्मार्टफोनमा समय बिताउँछन् भने सावधान रहनुहोस्। यो बालबालिकाको स्वास्थ्यका लागि घातक हुन सक्छ।

एक रिपोर्टका अनुसार घण्टौसम्म टिभीको स्क्रिनमा आफ्नो समय बिताउने बालबालिकामा मधुमेहको खतरा अत्याधिक हुन्छ।

लण्डनमा ९ देखि १० वर्षका ४ हजार ५ सय बालबालिकामा गरिएको एक शोधअनुसार बालबालिकाले लगातार डिजिटल प्रविधिमा झुकाब राख्नाले उनीहरुमा मोटोपन बढ्दै जान्छ। साथै यसले शरीरमा रहेको इन्सुलिन तथा पाचन ग्रन्थी र हर्मोनको माध्यमबाट रगत र ग्लुकोजको स्तर बढ्न दिदैन। जसको कारण डायविटिज लाग्न सक्छ।

साथै टिभीको स्क्रिन अगाडि धेरै समय नबिताउने बालबालिकामा भने टाइप २ को डायविटिज लाग्ने सम्भावना अत्याधिक हुन्छ। यो शोध अर्काइव्स अफ डिजिज इन चाइल्ड हुडमा प्रकाशित भएको थियो।

२०७५ कार्तिक १५ गते १४:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर