१७ लाखको रिचार्ज कार्ड चोरी गरी ससुराली गएका व्यक्ति पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते १४:४१

दाङ । दाङमा नेपाल टेलिकमको १७ लाख बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

गत असोज २३ गते दाङको घोराहीबाट नारायणघाट लैजाँदै गरेको १७ लाख बराबरको रिचार्ज कार्ड चोरी गर्ने रोल्पाको माडी गाउँपालिका वडा नम्बर १ का २१ बर्षीय दलबहादुर पुनलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पुनको साथबाट रिचार्ज कार्ड पनि बरामद गरिएको छ। घोराहीका शुभलक्ष्मी नमस्ते डिस्ट्रीब्युट प्रालीले ना ६ ख ९३४५ नम्बरको बसबाट नारायणघाट लैजाँदै गरेको नेपाल टेलिकमको रिचार्ज कार्ड भालुवाङबाट चोरी भएको प्रहरीले जनाएको छ।

उनलाई विशेष सुराकीका आधारमा रोल्पा प्रहरीको सहयोगमा प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

२०७५ कार्तिक १५ गते १४:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर