हृदयघातबाट बच्न अपनाउनुहोस् यी उपाय !
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १५ गते १५:१२

काठमाण्डौ । अहिलेको मानिसहरुमा हृदयघातको समस्या बढ्दो छ । जुनसुकै उमेर समूहका मानिसलाई यो समस्याले सता इरहेको छ । यस समस्याको कारण मानिसको ज्यानै पनि जाने गरेको पाइन्छ । त्यसैले यसलाई एउटा डरलाग्दो समस्याको रुपमा हेर्ने गरिन्छ । हृदयघात मानिसको लापरवाही कै कारणले गर्दा हुन्छ । चिल्लो धेरै खानु , शारीरिक व्यायाम गर्न अल्छी मान्नु , धेरै तनाव लिनु जस्ता कारणहरुले गर्दा मानिसलाई ह्रदयघात हुने गर्छ ।
यस समस्याबाट बच्नको लागी हामीले निम्न कुरामा ध्यान पुर्याउनुपर्छ ः
हृदयघातबाट बच्न ध्यान दिनुपर्ने कुरा यस्ता छन् :
१) रातो मासु, चिल्लो, मसलेदार परिकार नखाने ।
२) पहिले नै रोग भएका बिरामीले खानामा ध्यान दिने ।
३) धुम्रपान नगर्ने ।
४) चिसोबाट जोगिने ।
५) चिसोमा मर्निङ वाक नगर्ने ।
६) सक्रिय जीवनशैली अपनाउने ।
७) तनाव कम गर्ने ।
८) नियमित शारीरिक व्यायम गर्ने ।
९) स्वास्थ खानपानमा ध्यान दिने ।