पोखरा अन्तराष्ट्रिय विमानस्थल तोकिएको मितिमै निर्माण गर्न नेता माधवकुमार नेपालको निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते १५:१७

कास्की । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

विमानस्थलको आज निरीक्षणपछि वरिष्ठ नेता नेपालले देशमा भौतिक पूर्वाधार निर्माणमा तोकिएको मितिभन्दा धेरै ढिलाइ हुने गरेको उदाहरण दिँदै पोखरा विमानस्थल समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक नेपालले विमानस्थलको हालसम्मको काम भने सन्तोषजनक भएको र तोकिएको मिति २०२१ जुलाइमा पूरा गर्नेतर्फ कार्य अघि बढाउनुपर्छ उनले भने। नेता नेपालले काममा ढिलाइ गर्ने र समय गुजार्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिए।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई प्रदेश सरकारले नजिकबाट हेरिरहेको र सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न विमानस्थल तोकिएकै मितिमा सम्पन्न हुनुपर्नेमा जोड दिए।

पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले नेता नेपालको टोलीलाई समग्र आयोजनाको प्रगति विवरण जानकारी गराएका थिए। नेता नेपालले आजै फेवातालकोसमेत निरीक्षण गरेका थिए।

२०७५ कार्तिक १५ गते १५:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर