रिलिज अगाडी नै बिवादमा फस्यो “ठग्स अफ हिन्दुस्तान”, निर्माता सहित आमिर खान बिरुद्व मुद्वा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १५ गते १६:०४

काठमाण्डौ । बलिउडका मिस्टर पर्फेक्शनिस्ट आमिर खानको बहुप्रतिक्षित चलचित्र ” ठग्स अफ हिन्दुस्तान” रिलिज भन्दा अगाडि नै बिवादमा फसेको छ । भारतको उत्तर प्रदेशको जैनपुर अदालतमा फिल्मका निर्देशक, निर्माता र अभिनेता अमिरखान बिरुद्व जाती बिशेषलाई अपमान गरेको र ठेस पुराएको भन्दै मुद्दा दाएर भएको छ ।

एसएजीएम कोर्टले परिवाद दायर गराएका अधिवक्ता हंसराज चौधरीलाई गवाहीका लागि १२ नोबेम्बरमा पेश हुन भनिएको छ । दुइ दिन अघि मात्र फिल्मको टाइटल बदल्ने र फिरंगी शब्द हटाउनको लागि राष्ट्रपतिको नाममा जिलाधिकारी समक्ष निषाद समाजका ब्यक्तिहरुले
ज्ञापन पत्र समेत पेश गरेका थिए ।

निषाद जातिका अधिवक्ता हंसराज चौधरीले फिल्मले जानि जानी टीआरपी बढा उनकालागि, मुनाफा कमाउनका लागि दुर्भावनापुर्ण नाम राखेको र आफ्नो जानलाई अपमानित गर्न खोजेको आरोप लगाएका छन् । फिल्ममा पुरै निषाद जातिलाई ठग वा फिरंगीको संग्या दिएको छ । ब्रिटिस बिरुद्व लडेको आफ्नो जातिलाई अपमानित नाम दिएकोमा आपत्ति रहेको उनिहरुले बताए ।

फिल्मको कहानी कानपुर जिलाको मात्र थियो तर फिल्मको नाम ‘ठग्स अफ हिन्दुस्तान” राख्न नमिल्ने र नाम परिवर्तन गर्नुपर्ने उनिहरुको माग छ ।

२०७५ कार्तिक १५ गते १६:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर