आजको अमेरिकी डलरको भाउ कति छ? हेर्नुहोस् तालिकासहित
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १६ गते २:०३

काठमाडौँ। नेपाली बजारमा आज (बिहीबार) पनि अमेरिकी डलरको भाउ बढेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ ४४ पैसाले बढेको छ।
नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १८ रुपैयाँ ३ पैसा छ भने विक्रिदर मूल्य १ सय १८ रुपैयाँ ६३ पैसा रहेको छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ३५ पैसा छ। एक यूके पाउण्डको खरिददर १५० रुपैयाँ ८० पैसा छ भने बिक्रिदर १५१ रुपैयाँ ५७ पैसा छ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ६२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ ४२ पैसा र विक्रिदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ।
२०७५ कार्तिक १६ गते २:०३ मा प्रकाशित