स्वस्थ जनता समृद्धिको आधार : मन्त्री बस्नेत

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते ३:४१

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले स्वस्थ जनता नै समृद्धिको आधार भएको बताएका छन्।

कास्की जिल्लाको रुपा गाउँपालिका–१ बाह्रपिर्केमा नवनिर्मित थुम्की स्वास्थ्यचौकी भवन तथा स्वास्थ्य जाँच प्रयोगशाला बिहीबार उद्घाटन गर्दै उनले आधारभूत स्वस्थ्य सेवा प्रदान गर्नु सरकारको पहिलो दायित्व भएको बताएका हुन् । इम्पावर नेपाल फाउण्डेशनका अध्यक्ष एवं अमेरिकाको मिचिगन विश्वविद्यालयका प्रा डा मुरारी सुवेदीले रुपाको स्वास्थ्य, भौतिक विकास, खानेपानी, कृषिलगायत क्षेत्रमा हालसम्म रु चार करोड ५० लाख लगानी भइसकेको र त्यसबाट स्थानीय जनताको जीविकोपार्जनमा समेत सहयोग पुगेको बताए ।

उक्त गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँ पालिकामा रहेका पाँच स्वास्थ्यचौकीमा इम्पावर नेपाल फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा प्रयोगशाला सञ्चालन भएको र आगामी मङसिर महीनाभित्र सबै स्वास्थ्यचौकीमा औषधालयको समेत व्यवस्था गरिने जानकारी दिए।स्वास्थ्य मन्त्रालयको रु दुई करोड ३० लाख आर्थिक सहयोगमा साढे दुई तल्लेसुविधासम्पन्न उक्त भवन निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिए । कार्यक्रममा प्रा डा सुवेदीलाई गाउँपालिकाको तर्पmबाट सम्मान गरिएको थियो ।

ट्रष्ट निर्माण

पोखरा महानगरपालिकास्थित बैदाम वडा प्रहरी कार्यालयको हातामा रु २५ लाख ४९ हजार ६७६ को लागतमा पाँचकोठे ट्रष्ट निर्माण गरिएको छ । समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न खट्ने नेपाल प्रहरीको भौतिक पूर्वाधारको अभावलाई महसुस गरी नागरिकको सक्रियतामा अर्थ सङ्कलन गरी प्रहरी ब्यारेक, भोजनालय र थुनुवा कक्ष निर्माण गरिएको हो ।

उक्त भवन प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले बिहीबार उद्घाटन गर्दै अपराध नियन्त्रणसहित समृद्ध समाज निर्माणमा सर्वसाधारणबाट हुने यस्ता सहयोगले प्रहरीको मनोबल बढाउने बताए ।कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्था, व्यक्ति तथा प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो ।

२०७५ कार्तिक १६ गते ३:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर