बोको हरामका १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते ६:२६

अबुजा । सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिएका छन् ।

नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय प्रत्यक्षदर्शीहरुले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु केही व्यक्ति अझै हराइरहेका छन् । उनीहरूलाई विद्रोहीले अपहरण गरेर लगेको अनुमान गरिएको छ ।

बुधबार राती अबेर भएको आक्रमणबाट कोन्डुगा क्षेत्रका कम्तीमा दुई गाउँ अत्यधिक प्रभावित भएका छन् । प्रभावित केही व्यक्तिहरुलाई स्थानान्तरण समेत गरिएको छ ।

मारिनेमा कोफाका एक जना धार्मिक नेता पनि रहेको समाचारमा जनाइएको छ । स्थानीयबासिन्दाले लामो समय सम्म गोलीको आवाज सुनेको बताएका छन् ।

२०७५ कार्तिक १६ गते ६:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर