चार सय ६० विद्युत् टावर निर्माण

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते ९:०१

हेटौँडा । चार सय केभि विद्युत् प्रसारण लाइनका लागि निर्माण भइरहेको विद्युतीय टावरको ५० प्रतिशत काम सम्पन्न भएको छ । विश्व बैंकको रु पाँच अर्ब २० करोडको लागतमा सो काम भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणमार्फत ठेक्कामा एआइएल भारत तथा एल टिबी जर्मनीद्वारा संयुक्त रुपमा निर्माण भइरहेको हेटाँैडादेखि इनरुवासम्मको २८५ किलोमिटर क्षेत्रमा ८९२ विद्युत् टावर निर्माण भइरहेका छन् । हालसम्म ४६० टावर निर्माण भएका छन् । दुवै निर्माण कम्पनीबीच ३० महिनाभित्र ८९२ टावर निर्माण सम्पन्न गर्न सन् २०१३ अप्रिल दुईमा सम्झौता भएको थियो ।

हेटौँडादेखि इनरुवासम्म प्रत्येक ४०० मिटरको दुरीमा विद्युत् प्रतिरोधात्मक टावर निर्माण भइरहेको एआइएल कम्पनीका प्रमुख प्रबन्धक दिनेशमान चन्द्राले बताए । खम्बा बनाउन जमीनको नक्साङ्कन, जङ्गलमा रुख कटानी, मुआब्जा वितरणलगायत काममा स्थानीय प्रशासनको ढिलासुस्ती र राजनीतिक असहयोग तथा भूकम्प तथा बाढी पहिरोका कारणले ढिलाइ भएको उनको आरोप छ । समयमै प्रसारण लाइनको टावर निर्माण गर्न मुख्य ठेक्केदार कम्पनीले पिलर बनाउनका लागि १५ टावर ठड्याउन आठ कम्पनीलाई जिम्मा दिएको छ । ती कम्पनीले समयमै सम्पन्न गर्न तीव्ररुपमा काम गरिरहेका छन् । एउटा टावरको उचाइ ४५ मिटरदेखि ७० मिटरसम्म तथा २५ वर्ग मिटरदेखि ४७ वर्ग मिटरसम्म जग्गा आगटेको छ ।

२०७५ कार्तिक १६ गते ९:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर