नेपाल आइडलमा उदित नारायणको गीत गाए रवि ओडले, पाए सबैको तारिफ (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १६ गते ९:४०

काठमाडौँ। नेपाल आइडलमा बिहीबार २३ औँ एपिसोडमा सदाबहार नेपाली गीत गुन्जिए। नेपाली चर्चित सङ्गीतकार शम्भुजित बासकोटा उपस्थिति रहेको उक्त एपिसोडमा ९ प्रतिस्पर्धीले नारायण गोपालदेखि लिएर अरुणा लामाको स्वरमा सजिएका कालझैँ नेपाली गीतमा आफ्नो प्रस्तुति दिए।
त्यहीँ प्रस्तुतिको आधारमा जज र दर्शकको भोटको आधारमा शुक्रबार एक प्रतियोगी नेपाल आइडलबाट बाहिरिन्छन्।
बिहीबार प्रसारित एपिसोडमा पहिलो प्रस्तुती थियो रवि ओडको। यसभन्दा अगाडिका एपिसोडमा आफ्नो गाएकीले दर्शकको मन जितिसकेका रविले एकपटक फेरि दर्शकको मनमा ठाउँ बनाउन सफल भए। उनले चर्चित गायक उदित नारायण झाको स्वरमा सजिएको चर्चित गीत ‘कहिले काहीँ मनको कुरा’मा आफ्नो प्रस्तुति दिए। गीतमा शब्द र सङ्गीत गोपाल योञ्जनको रहेको छ।
उनको प्रस्तुतिपछि जजले के भने ? हेर्नुस् यो भिडियो।
२०७५ कार्तिक १६ गते ९:४० मा प्रकाशित