नेपाली फिल्मको गीतमा सनी लियोनीको आइटम डान्स, खुसीहुँदै लेखिन् यस्तो…

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते १०:३०

काठमाडौं। नेपाली फिल्मको गीतमा आइटम डान्सको लागि छानिएकी बलिउड अभिनेत्री सनी लियोलीले खुसी व्यक्त गरेकी छिन् । उनले एक ट्वीट गर्दै आफू यो आइटम नम्बरमा हुन पाएकोमा निकै खुसी भएको बताएकी छिन् । सनीको यो आइटम डान्स आगामी नेपाली फिल्म पासवर्डमा हुनेछ ।

सनीले ट्वीट गर्दै लेखेकी छिन् ‘म आउँदै गरेको बहुप्रतिक्षित नेपाली फिल्म पासवर्डको यो डान्स नम्बरको हिस्सा हुन पाएकोमा निकै खुसी छु ।’ यो फिल्मलाई एबी इन्टरनेशनल र अडबल मोसन पिक्चर्सले निर्माण गर्दैछन् ।

२०७५ कार्तिक १६ गते १०:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर