काठमाडौंको सडकका खाल्डाखुल्डी २ महिना भित्र पुरी सक्न निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते १०:४२

काठमाडौं। सरकारले काठमाडौंका सडकका खाल्डा दुई महिना भित्र पुरी सक्न मातहतका निकायलाई पुनः निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले शुक्रबार सम्बन्धित निकायसँग कामको समिक्षा गरी काठमाडौंस्थित सडकको खाल्डो २ महिना भित्र पुरी सक्न निर्देशन दिएको हो।

काठमाडौंको सडकको खाल्डाखुल्डी २ महिना भित्र पुरी सक्न मातहतका सबै निकायलाई पुनः निर्देशन दिइएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए। बैठकले सडकको उचित व्यवस्थापनका लागि काम भए÷नभएको अनुगमन गरी तत्काल निर्देशन दिन समन्वयात्मक संयन्त्र बनाउने निर्णय पनि गरेको छ।

सम्बन्धित मन्त्रालयका अधिकारीहरु रहने संयन्त्रले कामको अनुगमन गरी आवश्यक्ता अनुसार तत्काल निर्देशन दिने पनि प्रमुख राजनीतिक सल्लाहकार रिमालले जानकारी दिए। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले काठमाडौंको खाल्डाखुल्डी पुर्ने काम पूरा नभएसम्म त्यसको अनुगमन र निर्देशनको कामलाई जारी राख्ने जनाएको छ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले काठमाडौंको सडक व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सबै खालका प्रयास जारी राख्ने बताए।

गत चैत्र ४ गते बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय बैठकले काठमाडौंको सडकको उचित व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो। आजको बैठकमा त्यसयताको कामको समिक्षा पनि गरिएको छ।

२०७५ कार्तिक १६ गते १०:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर