श्रीमान निश्चलले गाएको गीतमा यसरी नाचिन् स्वस्तिमा खड्का (भडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते १०:५८

काठमाडौं । नायिका स्वस्तिमा खड्का पहिलो पटक आफ्नै श्रीमान निर्देशक निश्चल बस्नेतले गाएको गीतमा छमछमी नाचेकी छिन्। उनी आफ्नो चलचित्र ‘बुलबुल’को गीतमा नाचेकी हुन्। जसमा निर्देशक निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ । बिहीबार सार्वजनिक गरिएको यस गीतमा स्वस्तीमाको उत्कृष्ट नृत्य गरेकी छिन् ।

स्वस्तीमाको फरक भूमिकाका कारण चर्चामा रहेको नेपाली चलचित्र एउटा टेम्पो चालकको दैनिकीको बारेमा तयार गरिएको चलचित्र हो । यस चलचित्रमा स्वस्तीमा टेम्पो ड्राईभर रणकलाको भूमिका निर्वाह गर्दैपिछन् । चलचित्रमा समावेश ‘खुद्राखाद्री माया’ बोलको यस गीतलाई अवेकन प्रोडक्शनले आफ्नो आधिकारिक यूट्युव च्यानलमार्फत सार्वजनिक गरको हो ।

कोशिष क्षेत्रीको शब्द तथा संगीत रहेको यस गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यस भिडियोलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् भने अनिमेश सापकोटाले सम्पादन गरेका हुन् । चलचित्रको यो गीतमा सय भन्दा बढी टेम्पोको प्रयोग गरिएको छ । विनोद पौडेलले निर्देशन गरेको यो चलचित्र फागुन ३ गतेदेखि प्रदर्शनमा आउने छ ।

२०७५ कार्तिक १६ गते १०:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर