जुवातास खेल्ने प्रहरी नियन्त्रणमा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते ११:२१

काठमाडौँ । जुवातास लिरहेको अवस्थामा ७ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ । तार्केश्वर नगरपालीका ८ मनमैजु बासुकी नागटोल स्थित रामचन्द्र रिमालको घरमा जुवातास खेली रहेको अवस्थामा ४ बुक तास र १ लाख २५ हजार रूपैया सहित ७ जनालाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ।

त्यस्तै ललितपुर हरिसिद्धिमा सप्तरीको राजबिराजबाट आएको बा।३ ख ९५३० नम्बरको माईक्रोबसबाट लागूऔषध डाईजोपाम को १ सय थान, फेनारगन को १ सय थान, नुर्फिन को १ सय थान, डाइलेक्स को १ सय १३ बोतल र नाईट्रोजोपाम ५० थान बिहीबार साँझ प्रहरीले बरामद गरी आवश्यक अनुसन्धान भईरहेको छ ।

२०७५ कार्तिक १६ गते ११:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर