प्रेममा पागल यि युवती ! जसले प्रेमीलाई खुसी पार्न आफ्नै नाइटो काटेर उपहार दिइन्, तर …….
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १६ गते १३:२८

एजेन्सी । प्रेम अन्धो हुन्छ र प्रेममा मानिस पागल हुन्छन् । र, त्यस्ता व्यक्तिले प्रेमका लागि जे पनि गर्न सक्छन् । यसको उदाहरण बनेकी छन्, एक युवती ।
झट्ट सुन्दा यस्तो हर्कत निकै क्रूर र दर्दनाक लाग्न सक्छ । तर, यो सत्य घटना हो । मेक्सिकोकी २३ वर्षीया एक युवतीले आफ्नो प्रेमीलाई खुसी पार्न भनेर आफ्नै शरीरको अप्रेसन गरेर नाइटो उपहार दिएकी छन् ।
प्रेममा यस्तो पागलपना देखाउने यि युवती मेक्सिकोको गुआडालाजाराकी हुन् । उनको नाम पालिना क्यासिलास लेन्डरोस हो ।
खबरअनुसार प्रेमीलाई प्रेमको प्रतीकको रूपमा नाइटोविहीन पेट उपहार दिने उनको त्यो दुस्साहसलाई धेरैले पागलपना भनेका छन् । जुन प्रेमीका लागि युवतीले आफ्नो नाइटो नै फ्याँकेकी थिइन् , अहिले उनको प्रेमीसँग ब्रेकअप भइसकेको छ ।
ती युवतीले आजभन्दा ३ वर्षपहिला नै आफ्नो नाइटो काटेर फालेकी रहिछन् । अहिले उनले नाइटोको ठाउँमा टाटु खोपेकी छन् । उनले प्रेमीकै लागि जिब्रोसमेत छेडेकी थिइन् ।
खबरअनुसार युवतीले आफ्नो प्रेमीकै अनुरोधमा यस्तो हर्कत गरेकी थिइन् । तर, समयक्रमसँगै उनीहरूको प्रेम सम्बन्ध पनि टुट्यो । अहिले ती युवती केवल पछुतो मनाइरहेकी छन् ।