मुलक समृद्ध बनाउने अभियानमा साथ दिन काँग्रेसलाई प्रचण्डको आग्रह

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते १३:२६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई आह्वान गरेका छन्।

अध्यक्ष दाहालले विपी कोइरालाले सुरु गरेको राष्ट्रिय मेलमिलापको नीति अनुसार मुलुकमा ठूल्ठूला परिवर्तन भएको उल्लेख गर्दै अव मुलुकलाई समृद्ध बनाउने अभियानमा पनि विपीको सो नीतिको आवश्यक्ता झनै बढेर गएको पनि स्पष्ट पारे।

दसैं, तिहार, छठलगायतका पर्वको अवसर पारेर नेपाली काँग्रेसले शुक्रबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढन पनि सबै राजनीतिक दल र नागरिक समाजका अगुवाहरु एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।

जनताको चाहना अनुसार मुलुकलाई अघि बढाउन सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको अध्यक्ष दाहालको भनाई छ।

चियापान कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय एकताको आवश्यक्तामा जोड दिएका थिए।

२०७५ कार्तिक १६ गते १३:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर