बाटोमा देखिएको एक अन्जान कारको पछिल्लो सिटमा थिए बालक, शंका लागेर हेर्दा…
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १६ गते १३:३५

एजेन्सी। अमेरिकामा एक व्यक्ति बिहान अफिस पुग्दा अफिसको प्रवेशद्वारमा एउटा कार देखे। कारको पछिल्लो सिटमा उक्त बालक थिए।
जब उनले कार पछाडि हटाउनको लागि ड्राइभरलाई भन्न गए उनलाई केही गडबड लाग्यो। उनी तुरुन्त एक्सनमा आए। पछि थाहा भयो कि उनको शंका र समझदारीका कारण एक बालकको ज्यान बच्यो। ती बालकलाई एक अपराधीले अपहरण गरेर लैजाँदै थिए। ती व्यक्ति रातारात हिरो बनेका छन्।
क्यालिफोर्नियाको सेन जोसको हो। ४ वर्षका कोलिन ब्लेविनले अफिस जाँदै गर्दा गेटमा एउटा कार देखे। कोलिनले ड्राइभरलाई कार हटाउन भन्न जाँदा देखे कि पछाडिको सिटमा एक बालक थिए। उनलाई बालक ड्रग्सको नशामा भएको शंका लाग्यो। कोलिनका अनुसार कारमा बसेका बालक सफा र राम्रो परिवारका देखिएका थिए तर ड्राइभर भने निकै फोहर र फाटेका कपडा लगाएका थिए। कोलिन ड्राइभरसम्म पुग्नुभन्दा पहिल्यै एक महिला आएर भनिन् कि केही समयअगाडि ड्राइभरले ती महिलालाई बालक लिन भनेका थिए।
महिलाको कुरा सुनेपछि कोलिनलाई लाग्यो कि बच्चा कुनै खतरामा छ। यस्तोमा उनले दायाँबायाँ केही नहेरी बच्चालाई कारबाट लिकाले र पुलिसलाई खबर गरे। ड्राइभर यो देख्नासाथ त्यहाँबाट भागे। पुलिसले पछि पिछा गरेर उसलाई पक्राउ गरे। पुलिस आएपछि कोलिनलाई थाहा भयो कि ती बालक त्यही दिन बिहान अपहरणमा परेका थिए। बालकका पिता उनलाई लिएर बाहिर जाँदै थिए। घरबाहिर निस्कँदै गर्दा पिताले केही बिर्सेपछि लिन घरभित्र गएका बेला अपहरणकारी कारसमेत बालक लिएर फरार भए।