भारतीय पूर्वमन्त्रीले भने, बलात्कार होइन सहमतिमा गरिएको थियो

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते १३:४५

एजेन्सी । यौन दूव्र्यहारको आरोप लागेपछि विदेश राज्यमन्त्रीबाट राजिनामा दिएका एमजे अकरबले आफूले बलात्कार नगरेको बताएका छन् । उनले अदालतमा बयान दिने क्रममा आफूमाथि लगाइएको आरोप गलत भएको भन्दै सहमतिमा भएको सम्बन्धलाई बलात्कार भन्न मिल्ने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिका बस्दै आएकी भारतीय पत्रकार पल्लवी गोगोइले अकबरमाथि बलात्कारको आरोप लगाएकी थिइन्। सोही मामिलामा अदालतमा अकबरले बयान दिएका हुन्।

उनले अदालतमा भने, ‘करिब २४ वर्ष पहिला हामी दुबै सहमतिका साथ रिलेशनसिपमा थियौं । यो केही महिनासम्म चल्यो। हाम्रो सम्बन्धकाबारेमा धेरै हल्ला भए । यहासम्मकी यो कुराले मेरो घरेलु जीवनमा पनि कलह भयो । तर, पछि यो रिलेशनसिप खराब मोडमा टुंगियो।’

उनले पल्लवीमाथि आफूले कुनै दबाबसमेत नबनाएको बताए । उनले त्यो बेला सँगै काम गर्नेहरुलाई यी सबै घटनाबारे जानकारी भएको भन्दै उनीहरुलाई आफ्नोबारे सबै थाहा भएको बताए।

उनले पल्लवीले वाशिंगटन पोस्टमा लेख लेखेर पल्लवीले आफूमाथि लगाएको रेप र हिंसाको आरोप सरासर गलत भएको बताए।

पल्लवीले लगाएकी थिइन् यस्तो आरोप

वाशिंगट पोस्टमा पल्लवीले लेखेको लेखअनुसार जयपुरको एक होटलमा अकबर र पल्लवी एक समाचारका विषयमा छलफल गर्न साथै गएका थिए। दुबैका बीच हातहालाहाल पनि भयो । पल्लवी लेख्छिन्, ‘तर, उनी मभन्दा शारीरिक रुपमा बलिया थिए, मेरा सबै कपडा च्याते र मेरो रेप गरे ।’

एशियन एज पत्रिकाका सम्पादक एमजे अकबर थिए भने पल्लवी त्यसकी रिपोर्टर। सोही क्रममा यो घटना भएको बताइएको छ।

पल्लवीले अकरब आफ्नो बोस भएको र प्रहरीलाई उजुरी गर्दा आफ्नै बेज्जत हुने भएकाले त्यस बेला उजुरी नगरिएकोसमेत बताएकी छन्।

उनको यो आरोपपछि अकबरले मन्त्री पदबाट राजिनामा दिनुपरेको थियो। तर, अकबरले भने सो आरोपको खण्डन गर्दै सहमतिमा शारीरिक सम्बन्ध भएको दावी गरेका छन्।

२०७५ कार्तिक १६ गते १३:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर