प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते १४:१७

काठमाडौं । अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गाराइएरहेका प्रधानमन्त्री केपी ओेली स्वास्थ्य लाभ गरि शुक्रबार छैटौं दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ। उनी डिस्चार्जपछि प्रधानमन्त्री निवास बालुटारमा आ।राम गरिरहेका छन्।

मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीमा रुघा खोकी र छातिको समस्या देखिएको थियो । उनलाई निमोनियासमेत भएको थियो।

अस्वस्थ भएपछि उनलाई यही कात्तिक १२ गते त्रिवि शिक्षण अस्पतालको विशिष्ट कक्षमा भर्ना गरिएको थियो। उपचारपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको चिकित्कसले जनाएका छन्।

अस्पतालले डिस्चार्ज गरे पनि केही दिन आराम गर्न सुझाव दिएको बताइएको छ। सावर्जनिक कार्यक्रममा नजान पनि भनिएको छ।

मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीमा प्रतिरक्षा प्रणाली कमजोर भएकाले सामान्य स्वास्थ्य समस्या पनि उनका लागि जटिल बन्ने गरेको छ। यसअघि उपचार गराउन विदेश जाने प्रधानमन्त्री ओली यो पटक भने स्वदेशमै उपचार गराउन तयार भए।

ओलीका आफ्न्तले उनलाई विदेश जानसमेत भनेका भए पनि उनी ‘लोकप्रिय’ बन्न स्वेदशमै उपचार गराउने निर्णयमा पुगको बताइन्छ।

२०७५ कार्तिक १६ गते १४:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर