यि दिशामा सिरानी गरेर कहिल्यै नसुत्नुहोस् ! रोग र समस्या निम्तेला
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १६ गते १४:३५

काठमाण्डौ । हाम्रो दिनचर्याको महत्वपूण अंग हो सुताइ । सुताइ आरामका लागि अति आवश्यक छ । मानिस मात्र होइन पशु पंछी पनि सुत्ने गर्छन् । शास्त्रमा सुत्ने पनि नियम उल्लेख गरिएको छ । यहाँ सुत्दा अपनाउनु पर्ने नियमबारे चर्चा गरिएको छ ।
उत्तर सिरानी कहिल्यै नगर्नुस्
सुत्ने समयमा उत्तर दिशामा सिरानी गर्दा विभिन्न रोग लाग्ने र समस्या आइलाग्ने हुन्छ । सुत्दा जहिले पनि पूर्व वा दक्षिण पट्टि सिरानी बनाउनु उत्तम मानिन्छ । यसो गर्दा रोग तथा समस्याबाट मुक्ति मिल्ने शास्त्रको दावी छ । पश्चिम पट्टि पनि सकेसम्म सिरानी गर्नु हुँदैन । दक्षिणबाट उत्तरी ध्रुवतर्फ प्रगतिशिल विद्युत प्रभाव भएको हुन्छ र यसले शरीरमा राम्रो उर्जा पैदा गर्छ । खाना पचाउन र मस्तिष्कको लागि पनि यो दिशाको सुताइ राम्रो मानिन्छ ।
बायाँ कोख सुत्नुस्
रातिमा सुत्दा जहिले पनि बायाँ कोखो पल्टिएर सुत्नु राम्रो मानिन्छ । खासमा यो पनि बैज्ञानिक विचारमा आधारित छ । हाम्रो नाकबाट जुन श्वास बाहिर निस्कन्छ त्यसलाई स्वर पनि भनिन्छ । नाकको बायाँ छिद्रबाट श्वाश लिनु क्रियालाई चन्द्र स्वर भनिन्छ । दायाँबाट श्वास निस्कनु सूर्य स्वर हो । सूर्य स्वरले गर्मी पैदा गर्छ । बायाँ कोख पल्टिएर सुत्दा सूर्य स्वर निस्किन्छ । भोजन पचाउनका लागि पनि यो स्वर राम्रो मानिन्छ ।