यि हुन् विदेशमा प्रख्यात ८ नेपाली कलाकार !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते १४:५५

काठमाण्डौ । खासगरी अध्ययन र रोजगारीकोलागि नेपालीहरू विदेशीन्छन् । भनिन्छ, यसरी विदेशिने नेपालीहरूको संख्या २० लाखभन्दा माथि छ । अर्को पनि भनिन्छ, नेपाल बाहिर ६० लाखभन्दा बढी नेपालीहरू बसोबास गर्छन् ।

गैह्र आवासीय नेपालीहरूको संस्था एनआरएनएको छातामुनी ओत लाग्न आइपुगेका नेपालीहरुको संख्या पनि उल्लेख्य नै रहेको छ । गैह्र आवासीय नेपालीहरु भन्छन् – ‘यू क्यान टेक मी आउट अफ द कन्ट्री, बट यू क्यान नट टेक द कन्ट्री आउट अफ मी ।’ अर्थात तिमीले मलाई मेरो देश बाहिर लग्न सक्छौ, तर देशलाई मबाट बाहिर निकाल्न सक्दैनौ ।’

विदेशमा रहेर पनि नेपाललाई मनभित्र राखेर काम गरिरहेका थुप्रै उदाहरणीय नामहरू छन् । कला क्षेत्रमा पनि त्यस्ता नाम धेरै छन् । आजको यस भिडियो विदेशमा रहेर चर्चित भएका कलाकारहरूको विषयमा केन्द्रीत छ ।

विदेशमा चर्चित भएका नेपाली कलाकार को को होलान् ? यो प्रश्न झर्न नपाउँदै जवाफ आउन सक्छ, मनिषा कोइराला । अर्को पनि नाम सोध्यो भने यहाँहरूले उदित नारायण झालाई सम्झिन सक्नु हुन्छ । हो, मनिषा कोइराला र उदित नारायण झा यस्ता नेपाली हुन् जसले बलिउड फिल्म नगरीमा लामो समय राज गरे ।

हाम्रो रिपोर्टका पात्रहरू मनिषा र उदित जस्तै नामी कलाकारहरूको हो, जो विदेशमा कलाकारिता गरेर नेपाली परिचय बाँडिरहेका छन् । विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस् ….

२०७५ कार्तिक १६ गते १४:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर