नेपाल आइडलमा मनै लठ्याउने अस्मिताको प्रस्तुति, पाइन् स्ट्यान्डिङ ओभेसन (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते १५:१४

काठमाडौँ। नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन–२ की प्रतिस्पर्धी हुन् अस्मिता अधिकारी। झापाको लखनपुर घर भएकी अस्मिताले गोल्डेन टिकट पाएर नेपाल आइडल सिजन–२ को यात्रा शुभारम्भ गरिन्। गृहजिल्लाबाट अनेक कठिनाइ र समस्याहरूसँग लड्दै नेपाल आइडल सिजन २ को टप ९ सम्म आइपुगेकी अस्मिता स्वरकी धनी छिन् ।

नेपाल आइडलमा उनको स्वरको जति चर्चा गरिन्छ उत्ति नै लय पनि मिलेको हुन्छ । त्यसैले त उनी नेपाल आइडलका जजको मनपर्ने प्रतिस्पर्धीमा पर्छिन्। नेपाल आइडलको बिहिबारको २३ औँ एपिसोडमा नेपाली चर्चित सङ्गीतकार शम्भुजित बासकोटा उपस्थित भएका थिए। सङ्गीतकार बासकोटाको अगाडि अस्मिताले आफ्नो सानदार प्रस्तुति दिइन्।

भारतीय गायिका अनुराधा पौडवालको स्वरमा सजिएको चर्चित गीत ‘चैत मास खडेरीमा’मा उनको प्रस्तुतिले सबै जजको मन जित्यो। प्रस्तुति पश्चात अस्मिताले चारै जना जजको स्ट्यान्डिङ ओभेसन पाएकी थिइन् भने जज उठेर उनी र उनको प्रस्तुतीलाई सम्मान गरेका थिए। हेर्नुस् भिडियो।

२०७५ कार्तिक १६ गते १५:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर