गाँजाको लोभमा २ जनाको हत्या गर्नेलाई विद्युतीय कुर्चीमा राखेर दिईयो मृत्युदण्ड
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १६ गते १६:००

एजेन्सी । दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ । विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो ।
मृत्युदण्ड पाउनेमा ६३ वर्षीय एडमन्ड जागोस रहेका छन् । जागोर्सकीले सन् १९८३ मा दुई व्यक्तिलाई गाँजाको लोभ देखाएर जङ्गलमा पुर्याई हत्या गरेका थिए । हत्या गरिएका व्यक्तीको शव दुईहप्ता पछि फेला परेको थियो । उनीहरु दुवैलाई गोली हान्नुका साथै घाँटी रेटिएको थियो ।
अमेरिकी सर्वोच्च अदालतमा अन्तिम क्षणमा गरिएको अपिल सर्वोच्चले खारेज गरेको थियो । मृत्युदण्डका लागि संयुक्तराज्य अमेरिकाका नौवटा राज्यमा अझै पनि विद्युतीय कुर्चीको प्रयोग हुने गरेको छ । टेनिसी राज्यका अधिकारीहरुले टेनिसी राज्यको कानुन बमोजिम मृत्युदण्ड दिइएको बताएका छन् ।
२०७५ कार्तिक १६ गते १६:०० मा प्रकाशित