अमेरिकामा फेरि मृत्युदण्ड

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १:३०

सिकागो। दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ।

विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो। मृत्युदण्ड पाउनेमा ६३ वर्षीय एडमन्ड जागोर्सकी रहेका छन् ।

जागोस्रकीले सन् १९८३ मा दुई व्यक्तिलाई गाँजाको लोभ देखाएर जङ्गलमा पु-याई हत्या गरेका थिए। हत्या गरिएका व्यक्तीको शरीर दुईहप्ता पछि फेला परेको थियो। उनीहरु दुवैलाई गोली हान्नुका साथै घाँटी रेटिएको थियो।

अमेरिकी सर्वोच्च अदालतमा अन्तिम क्षणमा गरिएको अपिल सर्वोच्चले खारेज गरेको थियो।

मृत्युदण्डका लागि संयुक्तराज्य अमेरिकाका नौवटा राज्यमा अझै पनि विद्युतीय कुर्चीको प्रयोग हुने गरेको छ।

टेनिसी राज्यका अधिकारीहरुले टेनिसी राज्यको कानुन बमोजिम मृत्युदण्ड दिइएको बताएका छन्।

२०७५ कार्तिक १७ गते १:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर