मनछुने तिहार गीत ‘भाइटीकामा धेरै सम्झे… तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १०:०५

काठमाडौं। पछिल्लो समय तिहार नजिकिएसँगै तिहारका नयाँ गीत सार्वजनिक हुने क्रम जारी छ। तिहार आउन १ दिन मात्रै बाँकी हुँदा फेरि तिहारको नयाँ गीत बजारमा आएको छ।

रुपक जिम्मेको स्वरमा रहेको ‘सम्झे तिमीलाई’ बोलको गीतमा जीवन लिम्बु, कल्पना लिम्बु र धनबहादुर देवान याक्खाले अभिनय गरेका छन्। गीतको भिडियो बुढा सुब्बा डिजिटलबाट सार्बजनिक गरिएको छ।

इश्वर चाम्लिङको शब्द रहेको यस गीतको भिडियोलाई अनुप पौडेलले सम्पादन गरेका छन्, भने गीतमा रुपकुमार राईको संगीत रहेको छ।

देउकृष्ण देवान लिङ्खा याक्खाले भिडियोको निर्देशन गरेका हुन्। रुपक जिम्मेको लगानीमा निर्माण भएको यो भिडियोलाई युवाराज राईले छायांकन गरेका हुन्।

२०७५ कार्तिक १७ गते १०:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर