मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारका घटना सरकारले नियन्त्रण गर्न सकेन : कमल थापा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १०:१५

ताप्लेजुङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताएका छन्।

पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ आएका अध्यक्ष थापाले शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको आरोप लगाए।

देशको अर्थतन्त्रलाई सुदृढ तुल्याउने, बेरोजगारका समस्या हटाउने, गरीबी निवारण गर्ने जस्ता कार्यमा सरकार पूर्णरुपले असफल भएको उनको भनाइ छ।

शान्ति स्थायित्व कायम गर्न र मुलुकको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्नका लागि नीतिगत त्रुटिलाई समेत सच्याउन आवश्यक भएकोमा उनको जोड छ।

मुलुकमा हाल देखा परिरहेको बिखण्डनको चुनौती सर्वसत्तावादलाई सामना गर्नसक्ने शक्ति निर्माणका लागि समान विचारधारा भएका अन्य राजनीतिक पार्टीबीचमा एकताको तयारी भइरहेको समेत उनले बताए।

२०७५ कार्तिक १७ गते १०:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर