साजिद खानले यी हिरोइनलाई सोधेका थिए – ‘म १०० करोड दिन्छु कुकुरसँग सेक्स गर्छौ ?

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १०:४२

मुम्बइ। बलिउडका अभिनेत्रीहरुले साजिद खानमाथि उक पछि अर्को आरोप लगाउँदै गएका छन् । मिटू अभियान अन्तर्गत कैयौं महिलाहरुले साजिदको यौनशोषणको पर्दाफास गरिरहेका छन् । पछिल्लो समय अभिनेत्री अहाना कुमराले साजिदमाथि आरोप लगाएकी छिन् । अहानाले टाइम्स अफ इण्डियासँग एक अन्तरवार्तामा साजिदको शोषणको खुलासा गरिन् ।

अहानाले भनिन् ‘साजिद खानले मलाई आफ्नो घर बोलाए र एउटा घिनलाग्दो प्रश्न सोधे । म एक वर्ष पहिले साजिदसँग भेटेकी थिए । मैले उनी कस्ता मान्छे हुन् भन्ने सुनेकी थिएँ । उनले मसँग पनि त्यही गरे जे सलोनी चोपडाले भनेकी थिइन् । उनले मलाई आफ्नो कोठामा लिएर गए जहाँ केही अँध्यारो थियो । म धेरै बोलक्कड थिएँ । मैले यसरी कुरा गरें कि उनलाई थाहा होस् कि म पुलिस अफिसर आमाकी छोरी हुँ । यसका बावजुद उनले विचित्र प्रश्न सोधिरहे । उनले मसँग सोधे कि यदि मैले १०० कोड दिएँ भने तिमी कुकुरसँग सेक्स गर्न सक्छौ ?’

अहाना लिपिस्टिक अण्डर माइ बुर्कामा देखिएकी थिइन् । उनी रिलिज हुन लागेको अनुपम खेरको फिल्म द एक्सिडेण्टल प्राइम मिनिस्टरमा पनि देखिँदैछन् । अहाना बलिउड हिरो, एजेन्ट राघव जस्ता टिभी शोमा पनि देखिएकी छिन् । यसअघि साजिद खानमाथि मन्दाना करिमी, सलोनी चोपडा, रचेल ह्वाइट, सिमरन सुरी, प्रियंका बोस र पत्रकार करिश्मा उपाध्यायले यौन शोषणको आरोप लगासकेका छन् ।

२०७५ कार्तिक १७ गते १०:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर