थाइराइडबाट छुटकारा पाउनने अचुक ओखती : नरिवलको तेल !
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १७ गते १२:४१

नरिवलको तेल हामी मध्ये सबैले सुनेको हुनुपर्छ । नरिवलको तेल लोभलाग्दा प्याकमा बजारमा बिक्रिका लागि राखिएको पनि देखेकै हुनुपर्छ । तर नरिवलको तेल खानाले हुने फाइदाहरुका बारेमा हामीमध्ये धेरैजनालाई थाहा नभएको पनि हुनसक्छ । आज डिसीनेपाल तपाईंलाई नरिवलको तेल खाने गर्नाले मानव शरीरमा हुने फाइदाहरुका बारेमा जानकारी गराउँदै छौं ।
नरिवलको तेलले थाइराइड कसरी निको पार्छ?
अमेरिकनहरु प्राय हात र पाइताला चिसोहुने, शरीरको तापक्रम न्यून, नाक सुकसुक गर्ने व्यथा, प्रायजसो चिसो अनुभव भैरहने, टाउको दुख्ने बेथा, निंद्रा नलाग्ने समस्या, सुख्खा छाला, सुनिएको आँखा, कपाल झर्ने रोग जस्ता समस्याले पिरोलिएका हुन्छन् ।
कमलो नङ, जोर्नी दर्द, कब्जियत, दिमाग बोदोहुने समस्या, थकान, बारम्बार संक्रमण, धोद्रे बोली जस्ता समस्या पनि अन्य मुलुकका नागरिकहरु भन्दा अमेरिकनहरुमा बढी देखापर्छ ।
कान टिनीनीनी बजेजस्तो महसुस, रिंगटा लाग्ने, यौनइच्छाको अभाव र शरीरको तौल अनावश्यक रुपले बढ्ने समस्या बाट पनि अमरिकनहरु पीडित छन् । र यी समस्याहरु कतिपय अवस्थामा नियन्त्रण गर्नै गाह्रो छ ।
अनुसन्धानले के देखाएको छ भने अमेरिकाको कुल जनसंख्याको करिव ६५ प्रतिशत मानिसहरुको शरीरको तौल अनावश्यक रुपले बढेको छ । र २७ प्रतिशत अमेरिकनहरु अति मोटो जिउडाल भएको अनुसन्धानले देखाएको छ ।
बैज्ञानिकहरुका अनुसार विशेषगरि महिलाहरु मोटो हुनुमा थाइराइडलाई मुख्य कारण मानिएको छ । अनि थाइराइडबाट छुटकारा पाउन नरिवलको तेल अचुक ओखती हो ।
नरिवलको तेलमा पानीको मात्रा लुकेको हुन्छ र यसले भोकमार्ने काम पनि गर्छ । नरीवलको तेल सेवन गर्नाले अन्य खानेतेलले जस्तो शरीरमा तनाव तथा स्ट्रेस हुँदैन । अन्य खानेतेलमा शरीरमा तनाव पैदागर्न सक्ने एक प्रकारको ओक्सीडेटिभ स्ट्रेस भन्ने तत्व रहन्छ जसका कारण शरीरको तौल अनावश्यक रुपमा बृद्धि हुनेगर्छ ।
खाने तेलमा उपलब्ध ओक्सीडाइज्ड र र्यान्सीड भन्ने तत्वले शरीरको तन्तुहरुलाई हानी पुर्याउने काम गर्छ जसले कलेजोलाई सिधै असर पुर्याउँछ । तर नरिवलको तेल खाने गर्नाले शरीरमा एक प्रकारको एसिड उत्पादन हुन्छ जसले तन्तुलाई जोगाइराख्न ठूलो भूमिका खेल्नुका साथै शरीरको तौल नियन्त्रण गर्न ठूलो भूमिका खेल्छ ।
यद्धपि, यसको बारेमा बिस्तृत रुपमा बैज्ञानिक अनुसन्धान हुन बाँकी नै छ । तर पनि कतिपय अध्ययनले के सावित गरिसकेको छ भने नरिवलको तेल अन्य खानेतेलहरु भन्दा शरीरको निम्ति अति लाभ दायक सावित भएको छ । नरिवलको तेल सेवन गरेर धेरै मानिसहरुले आफ्नो थाइराइड समस्या समाधान भएको पाइसकेका छन् । तसर्थ नरिवलको तेलमा खानेकुरा पकाएर खानुहोस् र शरीरमा हुनसक्ने हानी नोक्सानी बाट बच्नुहोस् ।