सिक्किममा चम्कियो मनाङ, उपाधिमाथि कब्जा
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १७ गते १२:४३

काठमाडौ । सिग्नेचर मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। पाल्जोर रंगशालामा इन्डियन रेड आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो।
मनाङका लागि एकमात्र गोल सुजल श्रेष्ठले गरेका थिए । उनले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलेको निर्णायक बनेको थियो।
घरेलु फुटबलमा ए डिभिजन लिगको विश्रामको अवसरमा सिक्किम पुगेको मनाङले बाई पाएर सोझै क्वार्टरफाइनल खेलको यिथो । क्वार्टरफाइनलमा कोलकाता कस्टम्सलाई ४–२ ले हराएको मनाङले कोलकाता एटिकेलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको थियो।
राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य समेत रहेका सुजलले सिक्किममा मनाङले खेलेका सबै ३ खेलमा गोल गरे । क्वार्टरफाइनलमा २ गोल गरेका सुजलले सेमिफाइनलमा पनि १ गोल गरेका थिए । सेमिफाइनलमा डोना थापाले ह्याट्रिक गरेका थिए।
दशैंअघि भएको ए डिभिजन लिगमा पनि मनाङले विजयी सुरुवात गरेको थियो । मनाङ ए डिभिजन लिगको साविक विजेता टोली हो।