सावधान ! यसरी सुत्ने बानी भएका व्यक्तिलाई हार्टअट्याकको सम्भावना सबैभन्दा बढी !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १३:१२

एजेन्सी। हार्टअट्याकलाई विशेष गरि खानपिनको बानीसँग जोड्ने गरिन्छ। तर जापानमा गरिएको एक अनुसन्धान अनुसार, व्यक्तिको सुत्ने बानीमा पनि हार्टअट्याकको सम्भावना रहेको हुन्छ।

उक्त अध्ययन अनुसार, राती निदाएपछि बीच-बीचमा एक्कासी ब्युँझिने व्यक्तिहरुमा हार्टअट्याकको सम्भावना सबैभन्दा बढी हुन्छ।

सुतेपछि छिटो निदाउन नसक्ने वा निदाउनको लागि आधा घण्टा भन्दा बढी समय लाग्ने व्यक्तिहरुमा हार्ट अट्याकको सम्भावना ५२ प्रतिशत हुन्छ।

त्यस्तै, रातीमा ६ घण्टा भन्दा कम सुत्ने व्यक्तिहरुमा हार्ट अट्याकको सम्भावना २४ प्रतिशत हुन्छ।

२०७५ कार्तिक १७ गते १३:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर