भारतबाटै अमेरिकाको अन्तर्राष्ट्रिय विमानस्थल उडाउने धम्की दिएपछि…
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १७ गते १३:४४

एजेन्सी । भारतका एक जना किशोरले अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थल उडाइदिने धम्की दिएका छन्।
यसरी धम्की दिने १८ वर्षीया किशोरलाई भारतीय प्रहरीले उत्तरप्रदेशको जालौन जिल्लाको उरईबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। १२ कक्षामा अध्यायनरत ती युवकले फोनबाट गरेर मियामी विमानस्थलका अधिकारीलाई बमले विमानस्थल उडाउने धम्की दिएको जनाइएको छ।
प्रदेश प्रहरी महानिर्देशक ओपी सिंहले एफबीआईले यो विषयमा राष्ट्रिय जाँच एजेन्सीलाई जानकारी दिएको बताए। त्यसपछि एटीएसले स्थानीय प्रहरीको सहयोगमा ती किशोरलाई पक्राउ गरेको उनले जानकारी दिए।
प्रहरीका अनुसार आरोपी किशोरले फर्जी इमेल अकाउट बनाउन फर्जी आधार कार्ड पनि बनाएका थिए। सोधपुछका क्रममा आरोपीबाट कम्प्यूटर र फोनसमेत जफत गरिएको जनाइएको छ।
एटीएस महानिरीक्षक असीम अरुणले भने, ‘हामीलाई हाम्रै सहयोगी एजेन्सीबाट सूचना प्राप्त भएको थियो । कसैले मियामी विमानस्थलका अधिकारीलाई पटक पटक फोन गरेर एके ४७ र ग्रेनेडबाट आक्रमण र्गे धम्की दिइरहेको बताइएको थियो।’
आरोपीले आफू बुलेटप्रुफ ज्याकेट लगाएर सो विमानस्थलमा जाने र नरसंहार मच्चाउने धम्की दिएको बताइएको छ। प्रहरीले आईपी एड्रेस ट्रेस गरेर आरोपीलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा एक युवकले आफ्ना बाबुबाट रुपैयाँ लिएर एक हजार डलरको बिटक्वाइन किनेको र बिटक्वाइनको मूल्य बढेर तीन हजार डलर पुगेको बताए।
यसैबीचमा एक व्यक्तिले आरोपीबाट सबै बिटक्वाइन लिएर ठगे। त्यसपछि आरोपीले सहयोगका लागि एफबीआईलाई फोन गरे। तर, कुनै सहयोग पाएपछि उनले मियामी अन्तर्राष्ट्रिय विमान स्थल नै अडाई दिने धम्की दिए।