पिसाब पोल्ने, रक्तचाप , कोलेस्ट्रोल, रगत अभावको देखि दाँतको समस्याका लागि : भुटेको मकै !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १४:०९

तपाई हामी धेरैलाईभुटेको मकै मन पर्छ। अझ जाडो महिनामा त भुटेको मकै खानुको मज्जै छुट्टै हुन्छ। आज हामी तपाईलाई भुटेको मकै खाँदा हुने फाइदाका बारेमा जानकारी गराउने छौँ :

पाचन प्रणालीमा सुधार
भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ। यसले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन्।

हड्डीलाई मजबुत

भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ।

रगत अभावको समस्यामा कमी
मकैमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ। यसले शरिरमा रगत अभावको समस्या हटाएर शरीर कमजोर हुनबाट बचाउँछ।

रक्तचाप नियन्त्रण
भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ।

कोलेस्ट्रोल नियन्त्रण
भुटेको मकै खाँदा कोलेस्ट्रोलको मात्रा नियन्त्रण हुने गर्दछ। यसले मुटु रोगको खतराबाट बचाउँछ।

पिसाब पोल्ने समस्याबाट मुक्ती
भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस। यस पानीलाई छानेर मिश्रीमा मिसाएर खाँदा पिसाब पोल्ने वा किड्नी कम्जोरीको समस्या समाधान गर्न मदत गर्दछ।

शरीरलाई उर्जा
भुटेको वा पोलेको मकैमा कार्बोहाइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पर्याप्त उर्जा दिन सहयोग पुर्याउछ।

दात बलियो
भुटेको मकै खाँदा दातको व्यायाम हुन्छ। साथै यसले दाँतलाई सफा र बलियो बनाउन समेत मद्दत गर्दछ। एजेन्सी

२०७५ कार्तिक १७ गते १४:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर