अब कपिललाई टक्कर दिँदै सुनील ग्रोबर, आउँदैछन् कमेडियन शो लिएर

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १४:२४

एजेन्सी । कमेडियन एक्टर सुनील ग्रोभर मिनी कमेडी सीरीजका साथ टेलिभिजनमा कमब्याटक गर्न तयार भएका छन्। यो १२ देखि १५ एपिसोडको सीरीज हुने जनाइएको छ। यसमा बलिउडका एक्टरर्स पनि सहभागि हुने बताइएको छ।

अच्चमको कुरा के छ भने यो शो कपिल शर्माको पपुलर शो द कपिल शर्मा शो को जस्तै हुनेछ। जसमा कमेडी रस हुनेछ।

स्क्रीनमा सेम थ्योरीसँगै टिभीमा कमब्याक गर्ने स्वयम सुनीलको आफ्नै आइडिया भएको बताइएको छ। यस शो को कन्सेप्ट पनि सुनीलकै हो। सुनील र उनको परिवारका वरीपरी कार्यक्रम केन्द्रित हुने जनाइएको छ।

यो कुन च्यानलबाट प्रशारण हुन्छ भन्नेबारे कुनै जानकारी भने दिइएको छैन। समाचारअनुसार कार्यक्रमको नाम पनि कपिल शर्माकै जस्तो राख्ने सुनीलको सोँच छ। तर, यसमा च्यानलले भने अप्रुभ नदिएको बताइएको छ।

यो शोको प्रोड्यूसर कपिल शर्माकी एक्स गर्लफ्रेण्ड तथा एक्स क्रिएटिभ हेड प्रीति सिमोस हुन्। यदि सबै ठिक भयो भने शो डिसेम्बरको मध्येबाट शुरु हुने जनाइएको छ।

यो वीकेन्ड कमेडि शो हुनेछ। हालसम्म कमेडियन सुदेश लहरीले शो मा आउने निश्चित गरेका छन् भने शाहरुख खा र रणवीर सिंह पनि आउने बताइएको छ।

२०७५ कार्तिक १७ गते १४:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर