यी देशका महिलालाई दिइन्छ महिनावारीका बेला विदा
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १७ गते १४:५९

एजेन्सी। नेपालमा महिलाको महिनावारीलाई हेर्ने दृष्टिकोण अझैसम्म सुधार भएको छैन । यो बेलामा अन्य समयमा भन्दा बढी ख्याल गर्नुपर्नेमा नेपालमा यतिबेला महिलालाई झनै तिरस्कार गर्ने परम्परा रहिआएको छ । तर विश्वका केही देशहरुमा भने महिनावारीका बेला महिलालाई विदा दिइन्छ ।
महिनावारीका बेला हुने समस्याका कारण उनीहरुले काम गर्न असहज हुने भन्दै यस विषयमा सबैभन्दा पहिले जापानमा आवाज उठाइएको हो । त्यसपछि सन् १९४७ मा यहाँ महिलाहरुलाई महिनावारीका समयमा विदा दिने कानुन बन्यो । यहाँ महिनावारी भएका बेला महिलाले विदा लिने वा सो दिन काम गरेर विदाको दिनको थप ज्याला लिने दुईमा एक रोज्न पाउँछन् । रमाइलो कुरा यहाँका महिलाले महिनावारीका बेला विदा भने लिँदैनन् किनकि उनीहरुमा यसरी विदा लिँदा समाजले हेय दृष्टिले हेर्ने मान्यता छ ।
इण्डोनेसियामा पनि १९४८ मै महिलालाई महिनावारीका बेला विदा दिने कानुन बनेको हो । यहाँ महिलाले महिनावारीका बेला २ दिन विदा लिन सक्छन् । यहाँ यो कानुन पालना नगर्ने कम्पनीलाई मानसिक दुव्र्यवहारको आरोपमा कारवाही गरिन्छ । ताइवानमा २०१३ मा महिलाहरुलाई महिनावारीका बेला विदा दिने प्रचलन सुरु गरियो । यहाँ महिलाहरुले महिनावारीका बेला घरबाटै काम गर्न चाहेमा भने गर्न सक्छन् । सो वापत यहाँ ओभरटाइम दिने प्रचलन छ । दक्षिण कोरियामा २००१ मा महिलालाई महिनावारीका बेला विदा दिने प्रचलन सुरु भएको हो । यहाँका महिलाले महिनावारीका बेला १ दिन विदा पाउँछन्।