दिनहुँ बिहानै पिउनुहोस् मेथी भिजाएको पानी, चमत्कार आफ्नै देख्नुहुनेछ

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १५:५१

के तपाईले कहिल्यै मेथीको पानीको बारेमा सुन्नुभएको छ ? यदी सुन्नुभएको छैन भने थाहापाइ राख्नुहोस सधैं बिहान मेथीको पानी पिउनाले हुन सक्छ अमुल्य लाभ। थाहा पाउनुहोस मेथीपानी खानुका फाइदा:

कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा गर्छ।

जोर्नीको दुखाईको लागि पनि मेथीपानी एक अचुक उपचार हो। सामान्यतया दुखाईबाट राहत पाउनको लागि मेथी सेवन गरिन्छ र चिसोमा मेथीको लड्डु बनाएर पनि सेवन गरिन्छ।

उच्च रक्तचापको समस्या छ भने पनि मेथीपानी तपाईको लागि धेरै नै उपयोगी हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ र यस सम्बन्धी अन्य समस्याहरुको पनि समाधान गर्छ।

एक गिलास पानीमा एक चम्चा मेथीदाना रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस । नियमित यस्तो गर्नाले तपाईको तौल कम हुन्छ र तपाई स्लिम र आकर्षक शरिर बनाउन सक्नुहुनेछ।

सुगरका बिरामीलाई यो तरिका धेरै प्रभावकारी हुन्छ। सधैं मेथीपानी सेवन गर्नाले सुगरको समस्या छिटै समाधान हुन्छ र रगतमा सुगरको लेभल घट्छ।

२०७५ कार्तिक १७ गते १५:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर