जान्नुहोस्, आइतबारको दिन किन सूर्यको पूजा गरिन्छ ।

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १६:०३

काठमाण्डौ । सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको तारा हो । यसलाई घाम वा सुर्य पनि भनिन्छ। पृथ्वी लगायत धेरै ग्रह, ग्रहिका, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरूले यसको परिक्रमा गर्दछन् । पृथ्वीमा रहेको सम्पूर्ण जीवन सूर्यकै कारणले सम्भब भएको हो।

वैज्ञानिक अध्ययन सूर्यको तौल करिब २×१० किलोग्राम छ, जुन सामान्य भन्दा केही बढी हो। यसको तौलको करिब ७४% हाइड्रोजन, २५% हिलियम र बाँकि अन्य गर्हौ पदार्थहरू रहेका छन्। यसको आयु करिब ५ अर्ब वर्ष रहेको अनुमान गरिन्छ। सूर्यले आफ्नो जीवनको आधा यात्रा तय गरीसकेको अनुमान गरिन्छ। यस समयमा सूर्यले परमाणवीय सन्धि प्रतिक्रियाद्वारा केन्द्रमा रहेको हाइड्रोजनलाई हिलियममा परिणत गर्दछ। करिब ५ अर्ब बर्षपछि यो ग्रहिय नेबुलामा परिणत हुने छ।

पृथ्विको सबैभन्दा नजीकको तारा भएर र बैज्ञानिकहरू बाट सघन अध्ययन हुँदाहुँदै पनि, यसका बारेमा धेरै प्रश्नहरू अनुत्तरित छन् – जस्तै, किन यसको बाहिरी बायुमण्डलको तापक्रम दशलाख केल्भिन भन्दा बढि छ जबकि यसको देख्न सकिने सतहको तापक्रम ६,०००के मात्र छ।

वैदिक धारणा वेद र पुराणमा सूर्य लाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई शनिको पिता मानिएको छ। सूर्यको रंग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले वर्षलाई दर्शाउँछ। यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्यमा छ भाग छ जुन छ ऋतुहरूको द्योतक हो। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हो।

२०७५ कार्तिक १७ गते १६:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर