महिलाले हस्तमैथुन गर्नु लाभदायक कि हानीकारक ?

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १७ गते १६:२२

एजेन्सी। पुरुषले हस्तमैथुन गर्नु सामान्य मानिन्छ तर यही कुरा महिलाको हकमा भने असामान्य मानिन्छ । हस्तमैथुनलाई आम रुपमा अश्लीलताको दृष्टिले हेरिन्छ । यसलाई स्वास्थ्यको दृष्टिले भने निकै कम हेरिन्छ । महिलाको लागि हस्तमैथुन लाभदायक हुन्छ कि हानीकारक ? यस विषयमा कमै बहस हुने गरेको छ । एक अनुसन्धानअनुसार १८ वर्षभन्दा माथिका महिलाहरुले कम्तीमा उक पटक हस्तमैथुन गरेको पाइएको थियो ।

इंडियाना युनिभर्सिटीको सर्वेक्षण अनुसार २५ देखि २९ वर्षको उमेरको बीचका ७.९ प्रतिशत महिलाहरु हप्तामा २ देखि ३ पटक हस्तमैथुन गर्छन् । अर्कोतर्फ २३.४ प्रतिशत पुरुष हप्तामा ३ देखि ४ पटक हस्तमैथुन गर्छन् । हस्तमैथुन सामान्य, आनन्ददायक र स्वस्थ अनुभव हो । चरमउत्कर्षबाट एन्डरफिन्स डोपामाइन र अक्सिटोरिन निस्कन्छ जसले मानिसको मुड राम्रो बनाउन सहयोग गर्छ । यसबाट मानिस आत्मविश्वासले भरिएको देखिन्छन् । यसबाट शरीरप्रति सहज महसुस हुन्छ ।

यौन सम्बन्धको इच्छा भएका बेला पार्टनर उपलब्ध नहुनु वा अन्य कुनै कारणल यौन सम्बन्धको वातावरण नभएमा हस्तमैथुन सही विकल्प हो । यसबाट तनाव कम हुन्छ । चरमउत्कर्षबाट शारीरिक र भावनात्मक तनावबाट मुक्ति मिल्छ । यसबाट राम्रो निद्रा पाउन सहयोग मिल्छ । डाक्टरका अनुसार किताब पढेर जति राम्रो निद्रा लाग्छ हस्तमैथुनबाट पनि उत्तिकै राम्रो निद्रा पाउन सकिन्छ । यसबाट मानिस शान्त र तनावरहित हुन्छ ।

केही महिलाहरुलाई हस्तमैथुन गर्दा महिनावारीका बेला हुने पीडा कम हुने गरेको समेत पाइएको छ । हस्तमैथुनबाट शरीरमा रगतको प्रवाह बढ्छ जसले शरीरका विभिन्न तन्तु तथा अंगहरुको कामको प्रभावकारिता पनि बढ्छ । हस्तमैथुन गर्दा कुनै नकारात्मक असर पर्दैन । यसले कुनै शारीरिक हानी गर्दैन । न तपाइँ बिरामी पर्नुहुन्छ न गर्भवती हुने डर रहन्छ ।

२०७५ कार्तिक १७ गते १६:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर