मोतीयाबिन्दुका ४३ बिरामीको निःशुल्क शल्यक्रिया

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १८ गते ३:५८

वालिङ । स्याङ्जाको वालिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाविन्दुका ४३ बिरामीको सफल शल्यक्रिया गरिएको छ ।

आँखा उपचार केन्द्र वालिङ र प्राथमिक स्वास्थ्य केन्द्र वालिङको व्यवस्थापन तथा हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा ४५० जना आँखाका बिरामीले आँखा परीक्षण गराएका आँखा उपचार केन्द्र वालिङका प्रमुख तेजबहादुर गुरुङले बताए ।

गत बिहीबारबाट शुरु भएको निःशुल्क शल्यक्रिया शिविरमा सर्जन डा हरिमाया गुरुङको नेतृत्वमा रहेको सात आँखारोग विशेषज्ञले सेवा प्रदान गर्नुका साथै बिरामीहरुलाई निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो ।

“आर्थिक अभावमा आँखासम्बन्धी समस्या भएर पनि उपचार गराउनबाट बञ्चित भएकालाई मध्यनजर गर्दै निःशुल्क शिविरको आयोजना गरिएको हो” आँखा उपचार केन्द्र वालिङका प्रमुख गुरुङले भने, “यो शिविरबाट आँखाका बिरामीले निःशुल्क रूपमा शल्यक्रिया गर्ने, औषधि, चश्मा तथा आँखाको सुरक्षाका लागि परामर्शसमेत पाएका छन् ।”

शिविरमा स्याङ्जाका वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र दक्षिण पर्वतका केही भेगका आँखाका बिरामी शिविरबाट लाभान्वित भएका छन् ।

२०७५ कार्तिक १८ गते ३:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर