अचानक समुन्द्रमा गायब भयो द्वीप
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १८ गते ४:५७

एजेन्सी । जापानको एक द्वीप अचानक समुन्द्रमा गायब भएको छ । यो जापानको होक्कैडो क्षेत्रको हो । यस द्वीपमा आवादी भने थिएन । यो द्वीपको नाम एसान्बे हनाकिता कोजिामा हो ।
धेरै दिनदेखि कसैले पनि द्वीपलाई नोटिस गरेन र अचानक गायब भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
द्वीप समुन्द्रमा डुबेको छ । तर, कसैले पनि यसलाई डुब्न लागेको देखेन । सबैभन्दा पहिला यो विषयलाई सार्वजनिक गर्ने लेखक हिरोशी शिमिजू । उनले यस क्षेत्रको यात्रा पनि गरेका थिए र लुकेको यो द्वीपबारे किताब लेखेका थिए ।
हिरोशीलाई स्थानीयले यो द्वीप जमिनबाट र आसपास बोटबाट पनि नदेखिने जानकारी दिए । स्थानीयले यो द्वीपबारे सरकारी अधिकारीलाई जानकारी पनि गराएका थिए । तर, कुनै खोजी भएन।
यो द्वी समुन्द्री सतहभन्दा जम्मा १।४ मीटर माथि थियो । द्वीप गायब भएको थाहा भएपछि जापान सरकारले रेस्क्यू अप्रेशन शुरु गरेको छ । एक सरकारी अधिकारीले तुफान र हिमवर्षाका कारण द्वीप गाएब भएको हुन सक्ने आशंका व्यक्त गरे ।
यो द्वीप गायब भएको विषयमा सामाजिक सञ्जालमा निकै बहस भएको छ ।