आगलागीबाट तीन जना घाइते

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १८ गते ७:११

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उहाँको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् । घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए। बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ ।

२०७५ कार्तिक १८ गते ७:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर