वाम बुद्धिजीवी तुलाधरको निधन

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १८ गते ९:३२

काठमाडौँ । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ ।

मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उनको परिवारका एक सदस्यले राससलाई जानकारी दिए । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए ।

उनि पत्रकार तथा साहित्यकार पनि थिए । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

२०७५ कार्तिक १८ गते ९:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर