ट्रयाक्टर दुर्घटना : दुई युवकको मृत्यु, चार जना गम्भीर घाइते
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १८ गते १०:०७

भीमदत्तनगर। मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आइतबार कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि भारत र धनगढी सिफारिश गरिएको छ भने सामान्य घाइतेको अस्पतालममै उपचार भइरहेको छ।
२०७५ कार्तिक १८ गते १०:०७ मा प्रकाशित