परेला सुन्दर बनाउन भन्दै युवती स्यालोन गइन्, स्यालोनवालाले आखाँमा नेलग्लु लगाइदिएपछि…..

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १८ गते ११:२१

एजेन्सी । बेलायतको बेडफोर्डशायरमा पढिरहेकी २० वर्षीया मेगर रिक्सन एक स्यालोनमा परेला बढाउन र सुन्दर बनाउन गइन् । त्यसअघि उनी कहिल्यै स्यालोन गएकी थिइनन् ।

परेला सजाउने क्रममा उनको आँखा पोल्न थाल्यो र दुई घन्टासम्म त केही देख्नै मुश्किल पर्‍यो । स्यालोनका मान्छेले परेलामा नेल ग्लु लगाइदिएछन् । पछि आँँखा सुन्निन त छोड्यो र तर समस्या बाँकी नै छ ।

मेगनका अनुसार, परेला सजाउँदा आफूलाई घोचिरहेको भए पनि स्यालोनवालाले चिन्ता नगर्न र आँखा खुला राख्न भने । ‘मलाई उनीहरूले यो सामान्य कुरा भएको र आँखा खुला राख्न भने । उसले काम सकेपछि म ओछ्यानमा पल्टिएँ ।

आँखा खोल्नै सकिनँ मैले । मैले यो त सामान्य प्रक्रिया हैन भन्दा स्यालोनवालीले यस्तो हुन्छ भनेर अड्डी कसिन् । म पछि फर्केर स्यालोनमा सोधखोज गरें । मेरा प्रेमीले के प्रयोग गरिएको थियो भनी सोध्दा स्यालोनवालीले नेल ग्लु भनिन् ।

धन्य त्यसले गर्दा मेरो आँखामा क्षति भएन । तर यो अनुभवले मलाई के सिकायो भने आँखाको ज्योति कुनै मजाकको कुरा हैन र यसलाई जोगाउनु एकदमै जरूरी छ ।

२०७५ कार्तिक १८ गते ११:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर