प्रधानाध्यापककै नक्कली शैक्षिक प्रमाणपत्र
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १८ गते १२:०४

काठमाण्डौ । युगज्योती माध्यामिक विद्यालय देवदह रुपन्देहीका प्रधानाध्यापक शिवप्रसाद ढुंगानाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ । प्रधानाध्यापक ढुंगानाको नक्कली शैक्षिक प्रमाणपत्र भएकोले कारबाहीको माग गर्दै गरिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानका आधारमा निजको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलेको हो ।
ढुंगानाले माध्यामिक शिक्षा परिषद, उत्तरप्रदेश भारतबाट प्राप्त गरेको इन्टरमिडियट (आइए) तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी निज शिक्षक पदमा नियुक्त भएको र बढुवा समेत भइ सरकारी लाभ तथा सेवा सुविधा लिएको देखिएकोले निजको उक्त कार्य साविक भ्रष्टचार निवारण ऐन २०१७ को दफा १२ र प्रचलिन भ्रष्टचार निवारण ऐन २०५१ अनुसार सजाय हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
२०७५ कार्तिक १८ गते १२:०४ मा प्रकाशित