बैंकको लकरमा राखेको पैसा, ५ वर्षपछि खोलेर हेर्दा उड्यो होस्

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १८ गते १३:१६

एजेन्सी। भारतको हिमाञ्चल प्रदेशको कांगडा जिल्लाको थुरल बजारमा कांगडा केन्द्रीय सहकारी बैंकको शाखाको लकरमा राखिएका लाखौं रुपैयाँ धमिराले नष्ट गरेको छ। लकरमा राखिएका सुनका गहनाको रंग पनि बिग्रिएको छ। यो कुरा त्यतिबेला थाहा भयो जब ग्राहकले आफ्नो पैसा निकाल्नको लागि लकर खोले। बैंकका एक अधिकारीले बताएअनुसार लबरभित्र धमिरा र पानी कसरी पस्यो भन्ने कुनै जानकारी छैन।

प्राप्त जानकारीअनुसार स्थानीय कान्हा सवां गाउँका सुशील कुमार शर्माको पैसा धमिराले नष्ट गरेको हो । उनका अनुसार उनले करिब ५ वर्ष पहिले बैंकको यो शाखामा लकर लिएका थिए। लकरमा उनले डेढ लाख रुपैयाँ र सुनका गहना राखका थिए। जून २०१८ मा उनले लबर खोलेर केही प्रसा निकालेका थिए। त्यतिबेलासम्म लकर ठिक थियो।

सुशीलका अनुसार अहिले उनको घरमा एक धार्मिक समारोह हुँदैछ। यसैका लागि पैसा लिन उनी शनिबार बैंक गका थिए । उनले बैंकको लकर खोलेर हेर्दा भित्र राखिएका सबै नोट धमिराले माटोको थुप्रो बनाइसकेको थियो। गहना पनि पानीले खराब भइसकेका छन्। सुशीलका अनुसार लकरमा माटो र पानी छ । उनले यसको उजुरी बैंकको शाखामा गरेका छन्।

यस सम्बन्धमा बैंकका अधिकारीले कुनै पनि लकर खराब नभएको बताएका छन्। सबै लकर सुरक्षित भएको भन्दै उनले सुशील कुमारको लकरमा धमिरा र पानी कहाँबाट आयो भन्ने जानकारी नभएको बताए। उनले नियमअनुसार लकरमा नगद धनराशी राख्न नपाइने पनि बताए।

२०७५ कार्तिक १८ गते १३:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर