बालिकाको स्कुल ब्याग खोल्दा शिक्षिकाको उड्यो होस्, सबैको विद्यार्थी भागाभाग

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १८ गते १३:५५

एजेन्सी। आफ्नो बच्चालाई बिहान स्कुल पठाउने बेला हरेक मातापिताको मनमा बच्चाको सुरक्षालाई लिएर अनेक कुरा खेल्छन्। पछिल्लो समय बालबालिकासँग विभिन्न डरलाग्दा घटना भएपछि मातापिता निकै सचेत हुन थालेका छन्। तर, भारतको पंजाब राज्यको तरनतारनमा यस्तो घटना भएको छ जसका कारण अभिभावकको चिन्ता झनै बढेको छ।

यहाँको एक स्कुलमा त्यतिबेला भागाभाग भयो जब एक बालिकाको स्कुल ब्यागबाट ५ फिट लामो सर्प निस्कियो। सधैंझैं प्रार्थनापछि जब सबै बालबालिका कक्षामा गए ती बालिकाले ब्याग खोलिन् । ब्यागभित्र जिउँदो सर्प थियो सर्प बाहिर निस्किएपछि कक्षामा भागाभाग भयो। बालिकाको नजिक शिक्षिका पुग्दा सर्प देखेपछि आत्तिएर चिच्याइन्।

हल्ला सुनेपछि स्कुल प्रशासनका व्यक्तिहरु कक्षामा पुगे। उनीहरुले बालिकाको ब्यागलाई खुल्ला मैदानमा लिएरगए । त्यहाँ ब्यागबाट किताब निकाल्दा सर्प पनि निस्कियो। सर्पको लम्बाइ देखेर त्यहाँ भएका मानिसहरुको सातो गयो किनकि सर्प ५ फिट लामो थियो। राहतको कुरा सर्पका कारण स्कुलका कसैलाई कुनै क्षति भने भएन।

२०७५ कार्तिक १८ गते १३:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर